एकीकृत पार्टीको दुई जना स्थायि कमिटिको सदस्य थपिए
सहयात्रा टिभी
काठमाण्डोैँ । जेठ–३, माओवादी केन्द्र र नेकपा एमालेबीच नयां पार्टीको स्थायि कमिटिको सदस्यमा एमाले र माओवादीको एक–एक जना सदस्य थप गरेर ४५ सदस्य बनाइएको छ ।
सचिवालयमा पौडेल र श्रेष्ठसहित प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, माधव नेपाल र बामदेव गौतम रहने छन ।
एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ सदस्य रहनेछन् । एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने एमाले प्रचारविभाग प्रमुख यागेश भट्टराईले जानकारी दिए ।