एकीकरण पार्टीको सचिवालय बैठक बस्दै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–७, बालुवाटारमा नेकपा माओवादी केन्द्र र एमालेको एकता भएपछिको पहिलो सचिवलयको बैठक आज बस्दैछ । माओवादी केन्द्र र एमालेको एकीकरण जेठ तीन गते भएको थियो ।

एकीकरणपछि गठित नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेताहरुमा रहेको सचिवालय बैठक पहिलो पटक बसेको हो । सचिवालयमा ९ जना सदस्यहरु रहेका छन ।

सचिवालयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड लगाएत वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायाणकाजी श्रेष्ठ, रामबहादुर थापा वादल, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल रहेका छन ।

सचिवालय बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । एकीकरणपछि गठित नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेताहरु सचिवलयको बैठकमा रहेकका छन ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्