संघीय समाजवादी फोरम सरकारमा जान सहमत

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१४, संघिय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 

आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमति भएपछि फोरम सरकारमा जाने भएको हो ।

दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्रमा प्रधानमन्त्री ओली, नेकपाका प्रचण्ड र संघिय समाजवादी फोरमको तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि आफूहरू सरकारमा जाने यादवले बताएका छन । सरकारसँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउने बताए ।

सहरी विकास मन्त्रालयमा खानेपानी मन्त्रालयलाई गाभेर फोरमलाई दिने तयारी भएको फोरमका एक नेताले बताएका छन । प्रधानमन्त्री केपी ओलीले सरकारमा आएपछि अहिले भएका मन्त्रीलाई साटफेर गरेर भए पनि सहमति गर्न सकिने सन्देश  दिएका छन ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्