नेकपाले केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाए

सहयात्रा टिभी

 

काठमाण्डौँ । जेठ–१४,नेपाल कम्युनिष्ट पार्टीले दल दर्ता लागि निर्वाचन आयोगमा महत्वपुर्ण कागजात बुझाएको छ । नेकपा पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ता गर्न आवश्यक महत्वपूर्ण कागजात आयोगलाई उपलब्ध गराएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाल कम्युनिष्ट पार्टीको नाममा अन्डरलाइन समेत थपेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित बुझाएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । सोही प्रक्रिया पूरा गर्न आवश्यक महत्वपूर्ण कागजात सोमबार आयोगलाई उपलब्ध गराएको हो । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि दल दर्ता भएको सुचना प्रकाशन गर्ने जानकारी दिएको छ ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्