बालकृष्ण ढुंगेलको कैदी माफीको विवेकशील साझाद्धारा विरोध
सहयात्रा टिभी
काठमाण्डौँ।जेठ–१५,बालकृष्ण ढुंगेललाई कैद माफी दिएको भन्दै विवेकशिल साझा पार्टीले विरोध गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा सर्वोच अदालतको फैसलाबाट दोषी ठहर गरी कैद सजाय भुक्तानी गरिरहेका ढुंगेललाई कैद माफी दिएको भन्दै साझा पार्टीले विरोध गरेको हो । ढुंगेल मंगलबार नै जेलमुक्त भइसकेका छन् ।
ढुंगेल राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद माफी दिएपछि जेलमुक्त भएका हुन । तर ,विवेकशील साझाले भने कैद मिनाह गरिने न्याय र विधिको शासनको खिल्ली उडाएको टिप्पणी गरेको छ ।
उनीहरुले द्वन्द्वकालीन मुद्दाहरु समयमा नै सम्बोधन गरी पीडितहरुलाई उचित न्याय दिन अग्रसर हुनुको साटो अपराधीलाई कैद माफी दिने यस प्रकारको निर्णयमा विरोध गर्ने बताइएको हो ।