केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालकृष्ण ढुंगेललाई कैद माफी दिएको विरोधमा पुत्ला दहन

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–१७,नेपाली कांग्रेसको विद्यार्थी संगठनले सरकारले बालकृष्णा ढुंगेललाई कैद सजाय मिनाहा गरेको भन्दै विरोध प्रदर्शन गरेका छन । बुधबार रुपन्देहीमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले ढुंगेलको विरोधमा प्रदर्शन गरेको हो ।

उनीहरुले सजाय मिनाहा गरेको विरोधमा विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाएका छन । राममणि बहुमुखी क्याम्पसका नेविसंघका विद्यार्थीले ढुंगेललाइ सरकारले कैद माफी दिएर गल्ति गरेको भन्दै पुत्ला जलाएका हुन ।

राममणि क्याम्पसबाट निस्किएको विरोध जुलुस तिलोत्तमाको मणिग्राम चोकमा पुगेर पुत्ला दहन गरेको हो । पुत्ला जलाउने बेलामा प्रहरीले हस्तक्षेप गरेको नेविसंघ सभापति चिरञ्जिवि बस्यालले बताएका छन ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्