=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


बालकृष्ण ढुंगेललाई कैद माफी दिएको विरोधमा पुत्ला दहन

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–१७,नेपाली कांग्रेसको विद्यार्थी संगठनले सरकारले बालकृष्णा ढुंगेललाई कैद सजाय मिनाहा गरेको भन्दै विरोध प्रदर्शन गरेका छन । बुधबार रुपन्देहीमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले ढुंगेलको विरोधमा प्रदर्शन गरेको हो ।

उनीहरुले सजाय मिनाहा गरेको विरोधमा विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाएका छन । राममणि बहुमुखी क्याम्पसका नेविसंघका विद्यार्थीले ढुंगेललाइ सरकारले कैद माफी दिएर गल्ति गरेको भन्दै पुत्ला जलाएका हुन ।

राममणि क्याम्पसबाट निस्किएको विरोध जुलुस तिलोत्तमाको मणिग्राम चोकमा पुगेर पुत्ला दहन गरेको हो । पुत्ला जलाउने बेलामा प्रहरीले हस्तक्षेप गरेको नेविसंघ सभापति चिरञ्जिवि बस्यालले बताएका छन ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्