संघीय संसदमा बजेटबारे बैठक बस्दै

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–१७, आज विहान ११ बजे संघीय संसदमा बैठक बस्दै छ । मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५ र ०७६ को बजेटको विषयमा छलफल गर्न संसदको बैठक बस्ने भएको हो ।

कम्युनिष्ट सरकारले ल्याएको बजेट जोखिम लिन र संघियता कार्यान्वयन उन्मुख नभएको भनि सत्ता पक्षकै सांसदहरुले आलोचना गरेका छन्। सरकारले ल्याएको बजेटको बारेमा संघीय संसदमा छलफल गरेर पारित गर्नै संवैधानिक प्रचलन रहेको छ ।

सोहि अनुसार संसद बैठकमा बजेटबारे सांसदहरुले आ–आफ्ना विचार राख्ने बताइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए । बजेटबारे छलफल आइतबारसम्म चल्ने संसद् सचिवालयका प्रवक्ता भरत गौतमले बताएका छन । बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा समग्र बजेट र मन्त्रालयगत बजेटमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्