पूर्वगृहमन्त्री शाहीको मृत्यु
सहयात्रा टिभी
काठमाण्डौँ । जेठ–२०,पूर्वगृहमन्त्री दानबहादुर शाहीको आज विहान मृत्यु भएको छ । उनको अन्तराष्ट्रिय ग्राण्डी अस्पतलमा उपचार गर्ने क्रममा मृत्यु भएको हो । ७६ वर्ष भएका शाहीलाई श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएको थियो । उनी एक हप्ताअघि ग्राण्डी अस्पतालमा भर्ना भएका थिए ।
उनको बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री भएका थिए ।