चीन भ्रमणमा सोचेभन्दा बढी उपलब्धि : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाडौं । असार १०, प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमुलक भएको बताउनुभएको छ । चीन भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

चीन भ्रमणमा क्रममा उच्चस्तरीय भेटघाट र छलफलबाट दुई देशबीच आपसी मित्रता, विश्वास एवं समझदारीमा अभिवृद्धि भएको र राजनीतिक सम्वन्ध थप सुदृढ भएको उहाँको भनाई थियो । रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी, पर्यटन जस्ता विषयहरुमा भएका छलफल र सम्पन्न सम्झौता समझदारीबाट दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको पनि उहांको भनाई थियो । दुवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटिको लागि सहयोग सम्बन्धी समझदारीपत्र एक महत्वपूर्ण दस्तावेज रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा दिनुभएको प्रेस नोट :-

उपस्थित सञ्चारकर्मी्मित्रहरू,

मित्रराष्ट्रजनवादी गणतन्त्र चीनकाप्रधानमन्त्रीमहामहिमली खछ्याङको मैत्रिपूर्ण निमन्त्रणामा चीनको ६ दिने औपचारिक भ्रमण पूरागरी आज म स्वदेश फर्किएको छु।

भ्रमणबाट प्राप्त महत्वपूर्ण उपलव्धिका बारेमा भ्रमण दलका सञ्चारकर्मी मित्रहरुबाट निरन्तररुपमा समाचार सम्प्रेषण भएको हुँदा यहाँहरु सो सम्वन्धमा अवगत नै हुनुहुन्छ।

मेरो भ्रमणको उद्देश्य नेपालचीनबिचकोमित्रतार सद्भावमा थप अभिवृद्धि गर्ने,दुई देशबिचविगतमा सम्पन्न भएका सम्झौता समझदारीहरुको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयारगर्ने, ऐतिहासिक निर्वाचन पश्चात् गठन भएको वर्तमान सरकारका आगामी प्राथमिकताका बारेमा चिनियाँनेतृत्वलाई अवगत गराउने तथा राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रहरुमा सहयोग तथा सहकार्य गर्नु रहेको थियो।

चीनमा रहँदा मैले महामहिम राष्ट्रपति सीजिनपिङ्गसँग भेटवार्ता गरें। मेरा समकक्षी महामहिम प्रधानमन्त्री ली खच्याङ्गसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो। चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष महामहिम ली झान्सुसँग समेत भेट भयो।यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामातिब्बत जनसरकारका प्रमुख अध्यक्ष महामहिम छितालासँग पनि भेटघाट भयो।

चिनियाँ नेतृत्वबाटनेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि नेपाललाई बधाई दिदै नेपाल सरकारले देशलाई विकासको नयाँ चरणमा पुर्याउने आशा व्यक्त भएको छ।साथै राजनीतिक स्थायित्व, सामाजिक सद्भाव तथा आर्थिक विकाससँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान सफल हुने विश्वास व्यक्त गर्दै सो अभियानमा चीनको सक्दो सहयोग हुने बिचार पनि चिनियाँ नेताहरुबाट प्रकट भएको छ।सन् २०१६ मा मेरो चीन भ्रमणको अवसरमा सम्पन्न सम्झौता एवं समझदारीहरु लगायत सबै सम्झौता एवं समझदारीहरुको प्रभावकारी कार्यान्वयन गर्न दुबै पक्ष सहमत भएका छन्।

नेपाल र चीन बिच सम्पन्न ’बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन दुबै पक्षले हिमालय वार पार बहुआयामिक सम्पर्क सन्जाल (Trans- Himalayan Multi- Dimensional Connectivity Network) को बृहत्तर फ्रेमवर्क भित्र रही रेल्वे, सडक, बन्दरगाह, हवाई मार्ग र संचार जस्ता क्षेत्रमा सहयोग अगाडि बढाउने कुरामा दुबै पक्षबीच सहमतिभएकोछ।

भ्रमणको अवसरमा चिनियाँ उच्च नेतृत्वसँग भएको सारभूत र व्यापक छलफल पछि विभिन्न सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ भने नेपाल(चीन सम्वन्धको विकास र सम्बन्धको थप विस्तारमा आगामी दिनका लागि दिशानिर्देश गर्न १४ बुँदे संयुक्त विज्ञप्ति समेत जारी भएको छ।

दुबै पक्षबीच हस्ताक्षर भै आदान प्रदान गरिएका सम्झौता तथा समझदारीपत्रहरुबाट नेपाल(चीनबिच विद्यमान आर्थिक सहयोगको दायरालाई अझ फराकिलो बनाउन मद्दत पुग्नेछ।यस क्रममा दुई देशबिच सम्पन्न रेल्वे कनेक्टिभिटि सहयोग सम्बन्धी समझदारी महत्वपूर्ण रहेको छ।यसको कार्यान्वयनबाट केरुङ्ग(रसुवागढी(काठमाण्डौ रेलमार्ग विकासको लागि चिनियाँ अनुदानमा पूर्व सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न भई सहयोग सम्बन्धी कारवाही अगाडि बढ्ने छ।यसबाट काठमाण्डौ(पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार हुनेछ।द्विपक्षीय सहयोगको इतिहासमा यो सबैभन्दा महत्वपूर्ण समझदारी रहेको र यसले सीमावारपार यातायात संजाल सम्बन्धीसहयोगको क्षेत्रमा नयाँ आयाम थपिने दुवै देशको विश्वास रहेको छ।

नेपालको पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउने विषयमा चिनियाँ नेतृत्वसँग सकारात्मक कुराकानी भएको छ। दुबै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न, स्थल यातायातका पूर्वाधार सुदृढ गर्न एवं उत्तर दक्षिण जोड्ने यातायात सन्जाललाई थप सुदृढ बनाउन सहमत भएका छन्। यस क्रममा कोशी आर्थिक कोरिडोर, गण्डकी आर्थिक कोरिडोर तथा कर्णाली आर्थिक कोरिडोर विकासको लागि संभाव्य सहयोग उपलब्ध गराउने बारे थप अध्ययन गर्ने सहमति भएको छ।आ(आफ्ना मुलुकका एयरलाइन्स कम्पनीहरुलाई सीधा हवाई सम्पर्क बिस्तारका लागि अभिप्रेरित गर्न दुवै पक्ष सहमत भएका छन्। त्यसैगरी सिमावारपार प्रशारण लाइन निर्माणको सिलसिलामा केरुङ(रसुवागढी(गल्छी(रातमाटे ४०० केभी प्रशारण लाइनको संभाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरण र चिनियाँ स्टेट ग्रिड कर्पोरेशनबिच हस्ताक्षर भएको छ।

नेपाल र चीनबिच सम्पन्न पारवहन यातायात सम्झौताको शीघ्र कार्यान्वयनको लागि आवश्यक पर्ने प्रोटोकललाई जुलाईमा वैठक बसी टुङ्ग्याउने र तातोपानीखासा नाका सन् २०१९ को मेमहिनासम्ममा खुला गर्ने सहमति भएको छ। त्यसैगरी रसुवागढी(केरुङ्ग नाकालाई सुब्यबस्थित रुपमा संचालन गर्न, स्याफ्रुबेसी रसुवागढी सडक सुधार गर्न तथा हिल्सामा पुल निर्माण यथाशीघ्र सम्पन्न गर्न दुवै पक्षहरु सहमत भएका छन्।

नेपालमा तेल तथा ग्याँसको अन्वेषणको संभाव्यता अध्ययनका लागिसहयोग उपलब्ध गराउनचिनियाँ पक्ष सहमत भएको छ भनेपेट्रोलियम पदार्थको भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले अध्ययन गरी सहयोग गर्ने जनाएको छ।

चीनमा नेपाली वस्तुहरुको निर्यात सहजीकरणका लागि सकारात्मक उपायहरु अवलम्वन गर्न, निर्यातयोग्य नेपाली वस्तुहरुको विकास तथाकृषिजन्य उत्पादनको लागि Post harvest Technology मा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन,दुई मुलुकबीचको आर्थिक कारोबार बैकिङ्ग माध्यमबाट गर्नतथा नेपालमा सम्पूर्ण सुविधायुक्त क्वारेन्टाईन प्रयोगशाला निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गर�

प्रकाशित : 24 June, 2018

प्रतिक्रिया दिनुहोस्