केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राज्यमन्त्रीकै अगाडि राजपा कार्यकर्ताबीच कुटाकुट

सहयात्रा टिभी

महोत्तरी । श्रावण–१४, महोत्तरीको पिपरा गाउँपालिकाको दोस्रो गाउँपरिषद भइरहेका बेला आइतबार परिषदमै कुर्सी हानाहान भएको छ ।राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै नेता कार्यकर्ताले परिषद्को विरोध र बहिष्कार गर्दा झडप भएको हो ।

झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेसहित पाँच जना घाइते भएका छन् ।

परिषद् सुरु हुनेबित्तिकै विरोधी पक्षको तर्फबाट विनित पाण्डेले मञ्चमा पुगेर माइक खोसेर सबैलाई परिषद् हुँदैन भन्दै बाहिर जान भनेका थिए  र अन्य ५०/६० जनाले कुर्सी, टेबुल तोडफोड गर्न थालेपछि दोहोरो झडप भएको थियो ।

प्रमुख अतिथीको रुपमा बोलाइएको प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो ।

प्रकाशित : 30 July, 2018

प्रतिक्रिया दिनुहोस्