ग्राण्डी अस्पतालको डेपुटी मेडिकल डाइरेक्टरमा डा. बिनोद बिजुक्छे
सहयात्रा टिभी
काठमाण्डौँ । श्रावण–१५, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अर्थोपेडिक तथा ट्रमाटोलोजि विभाग अन्तर्गत स्पाइन सर्भिसेजका निर्देशक अर्थोपेडिक तथा स्पाइन सर्जन डा. बिनोद बिजुक्छेलाई डेपुटी मेडिकल डाइरेक्टरमा नियुक्त गरेको छ ।
अस्पतालको संचालक समितिको निर्णय बमोजिम मंगलवार एक समारोहकाविच डेपुटी मेडिकल डाइरेक्टरका रुपमा डा. बिजुक्छेलाई नियुक्त गरेको हो । ग्राण्डी अस्पतालका अध्यक्ष ई. दीपक कुँवर तथा मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले उहांलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।