यो सरकार असफल भए प्रजातन्त्र पनि असफल हुन्छ : सुजाता

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–७, नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले ओली नेतृत्वको सरकार असफल भए प्रजातन्त्र पनि असफल हुने बताएकी छन् । आज संसदमा आफ्नो धारण राख्दै कोइरालाले दुई तिहाइको वाम सरकार पनि असफल भए प्रजातन्त्र नै असफल हुने बताएकी हुन् ।

उनले यो सरकार सफल भएको हेर्न चाहने आफ्नो धारणा समेत व्यक्त गरेकी छन् । सांसद कोइरालाले आफ्नो धारणा राख्दै भनेकी छन्, ‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले अहिलेको दुई तिहाइको सरकार सफल भएको हेर्न चाहान्छौँ। यो सरकार असफल भए प्रजातन्त्र पनि असफल हुन्छ। यो सरकारले समृद्ध नेपाल बनाओस। कांग्रेसको साथ रहनेछ ।’

सरकारलाई कांग्रेसले साथ दिने उल्लेख गर्दै उनले नेपाल कृषि प्रधान मुलुक भएकाले सरकारले कृषि क्षेत्रलाई बढि प्राथमिकतामा राख्नुपर्ने बताइन । साथै सरकारले राष्ट्रियताको कुरा गरिरहँदा जनताका आधारभुत आवश्यकताहरु पनि विर्सनु हुँदैन भन्ने कुरामा पनि कोइरालाको जोड थियो ।

प्रकाशित : 23 August, 2018

प्रतिक्रिया दिनुहोस्