यस्ता छन् बदामका फाइदाहरु
काठमाण्डौं । भदौ–३१, बदाम स्वादिष्टका साथै स्वास्थ्यका हिसाबले पनि फाइदाजनक फल हो । यसमा प्रोटिनको मात्रा मासु भन्दा दुई गुणा, अण्डामा भन्दा ३.८ गुणा, फलफूल भन्दा १२ गुणा हुन्छ । १०० ग्राम बदाममा एक लिटर दुध बराबरको प्रोटिन हुन्छ । बदाम आइरन,नियासिन, फोलेट, कैल्शियम र जिंकको राम्रो स्रोत मानिन्छ । थोरै मात्र बदामको दानामा ७४० क्यालरी,८ ग्राम कार्बोहाइड्रेट , ३० ग्राम प्रोटिन हुन्छ । यसमा भिटामिन ई,के ,र बी ६ को मात्रा पर्याप्त हुन्छ ।
बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाइ निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ तर यसको मात्रा भने सन्तुलित हुनु पर्दछ । क्षमता भन्दा धेरै मात्रामा खानाले यसले प्रायजसो अपच हुन्छ र पेटलाइ खराब गर्दछ । यति मात्र हैन, बदामको सेवन कोलेस्ट्रोललाइ कम गर्नमा प्रभावकारी हुन्छ । अकुंरित बदाम भिजाएको बदामको तुलनामा धेरै स्वास्थ्यवर्धक हुने गर्दछ ।
बदामका फाइदाहरुलाई निम्नानुसार बुँदागत रुपमा हेर्न सकिन्छ
१) बदामले मस्तिष्कलाई तन्दुरुस्त राख्न मद्यत गर्छ । बदाममा महत्वपूर्ण पोषकतत्व हुनेहुँदा यसले मस्तिष्कको कार्य क्षमता र स्मरण शक्तिमा समेत वृद्धि गर्छ ।
२) बदाम खोकीको लागि उपयोगी मानिन्छ । यसको नियमित सेवनले आमाशय र फोक्सोलाई मजबुत बनाउछ । पंचन शक्ति बढाउने र भोक नलाग्ने समस्या अन्ते गर्दछ ।
३)हप्ताको पाँच दिन बदाम खानाले मुटु रोगको खतराबाट बच्न सकिन्छ ।
४)बदाममा क्याल्सियम र भिटामिन डी अधिक मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हड्डी मजबुत बनाउदछ ।
५) खाना खाएपछि ५० वा १०० ग्राम बदाम नियमित खानाले भोजन पचाउनका साथै शरीरमा रगतको कमी हुनबाट बचाउछ ।
६) गर्भवती महिलाले नियमित बदाम सेवन गरे गर्भको शिशुको विकासमा मद्दत पुग्दछ ।
७) बदाममा ओमेगा(६ फ्याट भरपुर मात्रामा हुन्छ ।जो स्वस्थ कोशिका र सुन्दर त्वचाको लागि राम्रो हुन्छ ।तेसैले बदाम स्किन बनाउनको लागि पनि सेवन गरिन्छ ।
८) बदाम खानाले कोलस्ट्रल नियन्त्रण हुन्छ ।यसको सेवनले कोलस्ट्रलको मात्रामा ८.२ प्रतिशत हुन्छ ।
९) बदाममा प्रोटीन, फाइबर, खनिज भिटामिन र एन्टीअक्सिडेट प्रचुरमात्रामा पाईन्छ । त्यसैले यसको सेवनले स्किनलाई लामो समय सम्म ताजा राख्दछ ।