आलु कतिको खानुहुन्छ ? थाहा पाइराख्नुस् यसका फाइदाहरु
काठमाण्डौं । असोज–३,आलु भन्ने वित्तिकै हाम्रो मस्तिष्कमा सानो सोच आउँछ । कुनै काममा कोहि असफल भयो भने आलु खायो भन्ने गरिन्छ । यहाँबाटै प्रस्ट हुन्छ कि आलुलाई निम्न स्तरमा राखेर हेरिन्छ । त्यसैगरि समाजमा भनाइ नै छ आलु खाएर पेडाँको धाक । यसले पनि आलुलाई होच्याएर भनेको प्रस्ट हुन्छ ।
आलु एक तरकारी हो । प्रत्येकको भान्सामा आलु पाकेको नै हुन्छ । जे सँग पनि मिसाउन मिल्ने आलु प्राय सबैको घरमा हुने गर्छ । यो लोकप्रिय तरकारी हो । आलुमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स तथा आइरनको साथमा क्याल्सियम, म्यग्निज, फस्फोरस लगायतका तत्वाहरु हुन्छन ।
प्रति १०० ग्राम आलुमा १.६ प्रतिशत प्रोटिन, २२.६ प्रतिशत कर्बोहाईड्रेत, ०.१ प्रतिशत बोशो, ०.४ प्रतिशत खनिज र ९७ प्रतिशत क्यालोरी उर्जा पाइन्छ । आलु स्वास्थ्यको लागी पनि फाइदाजनक हुन्छ भन्ने कुरा भने कमैले मात्र बुझेका हुन सक्छन् ।
आलुका फाइदाहरुलाई निम्नानुसार हेर्न सकिन्छ ।
–मस्तिष्कको फाइदाको लागी
मस्तिष्कको उचित कार्य प्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर गर्छ । आलुमा यो सबै तत्व पाइन्छ त्यसैले आलु मस्तिष्कको लागि पनि धेरै लाभकारी छ । आलुले मस्तिष्कलाई थाक्नबाट रोक्छ र हरेक समय सतर्क राख्छ ।
–मुटुको स्वास्थ्यको लागी
आलुमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ । आलुमा फाइबरको महत्वपूर्ण मात्रा रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ । आधारमा कार्डियो भास्कुलर बिरामीहरुको खतरा लगभग बराबर हुन्छ ।
–रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ
रक्तचाप नियन्त्रणमा राख्नको लागि कम सोडियम आहार आवश्यक छ तर पोटेसियमको उच्च मात्रा पनि समान रुपले महत्वपूर्ण हुन्छ । पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँछ । पोषक तत्व जस्तै क्याल्सियम र म्याग्निसियम सबै आलुमा पाइन्छ । यसले स्वभाविक रुपले रक्तचापलाई नियन्त्रित गर्नमा मद्धत गर्छ ।
–क्यान्सर रोकथाममा सहयोग
आलुमा फोलेट हुन्छ । डिएनएको संश्लेषण र मर्ममा फोलेटले एक महत्वपूर्ण भूमिका निभाउँछ । यसले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तको कारण बनाउनबाट रोक्छ । फल र सब्जीहरुका सथौ आलुपनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्छ । आलुमा पाइने भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्टले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।