अस्वस्थताका कारण प्रधानमन्त्री ओलीका दुई कार्यक्रम रद्द
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–११, स्वास्थ्य अवस्था प्रतिकुल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहानका दुई वटा कार्यक्रम रद्द गरेका छन् । चिकित्सकको सल्लाह अनुसार शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले आइतबार विहानका दुई कार्यक्रम पनि रद्द गरेका हुन् ।
अस्वस्थताकै कारण शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि उनको उपस्थिति थिएन् ।
शुक्रबार स्थगित भएको मन्त्रिपरिषद बैठक आइतबार बिहानलाई सारिएको थियो, जुन आज पनि स्थगित भएको छ । साथै ‘आइसीसी वान डे वर्ल्डकपको ट्रफी टुर’ कार्यक्रमको सहभागिता पनि प्रधानमन्त्री अस्वस्थ भएसँगै रद्द भएको हो।