कर्मचारीको अभावमा भने जस्तो काम गर्न सकिन्न : मुख्यमन्त्री पौडेल
सहयात्रा टिभी
हेटौँडा । मंसिर–७, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण काम गर्न नसकेको गुनासो गरेका छन् ।
बिहीबार हेटौंडामा ३ नम्बर प्रदेशको आर्थिक विकास रणनीति निर्माणको लागि आयोजित कार्यक्रम उद्घाटन गर्दै उनले केन्द्र सरकारले पर्याप्त कर्मचारी उपलब्ध नगराउँदा सोचेजस्तो काम गर्न नसकेको बताएका हुन् ।
‘सरकार गठन भएको आठ महिनाको बीचमा ठूला काम गर्न सम्भव छैन’, पौडेलले भने, ‘३३ प्रतिशत कर्मचारी लिएर भनेजस्तो काम गर्न सकिन्न ।’
आम जनतामा प्रदेश सरकारले काम गर्न नसकेको भान परे पनि सरकार सञ्चालनमा थुप्रै समस्या रहेको उनले बताए ।