गृहकार्य अपुग भएपछि नेकपाको सचिवालय बैठक स्थगित
सहयात्रा टिभी
काठमाण्डौं । मंसिर–१०, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको हो ।
४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य बिभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो । नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ ।
नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ ।