म्यानमारकी नेत्री आङ साङ सू की काठमाण्डौंमा

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१३, म्यानमारकी विदेश मन्त्री आङ साङ सू की काठमाण्डौं आइपुगेकी छन्। भोलिदेखि सुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन उनी विहिबार काठमाण्डौं आइपुगेकी हुन्।

नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।
‘एसिया प्यासिफिक समिट–२०१८’मा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने भएका छन्। मसिंर १३ र १४ काठमाडौंमा हुने सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्रीसमेत आउने भएका हुन्।

विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी ९राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख० सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, तुभालुका राष्ट्रप्रमुख लाकोबा टाइया इटालेनी सहभागी हुने भनिएको छ। त्यसैगरी समोआका राष्ट्र प्रमुख अफिओगा टुई मालिलिफानो, नाउरुका राष्ट्रपति बारोन वाका, भानुआतुका राष्ट्रपति मोसेस ओबेड टल्लिस र म्यानमारकी विदेश मन्त्री आङ साङ सू ची समेत सहभागी हुने बताइएको छ ।

अन्य मुलुकका पाहुनापनि आज र भोली काठमाण्डौं आउदैछन्।

प्रकाशित : 29 November, 2018

प्रतिक्रिया दिनुहोस्