राष्ट्रपति भण्डारी आज पोल्याण्ड जाँदै
काठमाण्डौं । मंसिर–१५, राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज पोल्याण्ड प्रस्थान गर्दैछिन् । परराष्ट्र मन्त्रालयअनुसार संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी कोप २४ सम्मेलनमा नेपाली पक्षको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि जान लागेकी हुन्।
कोप २४ सम्मेलन दक्षिणी पोल्याण्डको काटोवाइस सहरमा मंसिर १६ गतेदेखि सुरू हुँदैछ। राष्ट्रपति भण्डारीले मंसिर १७ गते सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, सांसद कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुषाल गौतम, रामश्याय प्रसाद यादव, चन्दा चौधरी लगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सम्मेलनमा सहभागी हुन पोल्याण्ड जाँदैछन् ।
राष्ट्रपति भण्डारीको मंसिर १९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।