=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


नेपालगञ्जमा वडाको बजेटले क्यारमबोर्ड खरीद

सहयात्रा टिभी

नेपालगञ्ज । मंसिर–१८, नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् ।

वडाध्यक्ष उज्ज्वलसिंह राठौरले क्यारेमबोर्ड खरिद गर्न रु एक लाख बजेट विनियोजन गरिएको र हालसम्म चारवटा टोलमा वितरण गरिएको बताए।

एक वडा सदस्यले युवालाई खुशी बनाउन क्यारेमबोर्ड बाँडेको भन्दै वडाध्यक्षको आलोचना गरेका छन् । नाम नबताउने शर्तमा उनले भने, ‘वडामा छलफल नै नगरेर बजेटको दुरुपयोग भएको छ, क्यारमबोर्ड खरीद गरेको बिल भर्पाई पास गर्न दिदैनौँ ।’

क्यारमबोर्ड खेललाई ठूलो जुवा मानी प्रहरीले यस खेलमाथि नियन्त्रणको प्रयास गर्दै आएको छ । ‘सरकारकै लागि गलत पद्दति स्थापित हुन्छ,’ अधिकारकर्मी प्रकाश उपाध्यायले भने, “वडाको बजेटबाट क्यारमबोर्ड खरीद गरी वितरण गर्नु जायज होइन ।”

प्रकाशित : 4 December, 2018

प्रतिक्रिया दिनुहोस्