सङ्घीय संरचनामा थप तेइस हजार कर्मचारी आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२५, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सङ्घीय संरचनामा थप २३ हजार कर्मचारी आवश्यक पर्ने बताएका छन् । प्रदेश अन्तर परिषद् बैठकमा भएको छलफलका क्रममा आवश्यक कर्मचारी लोक सेवा आयोगबाट माग गर्दै जाने विषयमा छलफल भएको उनले बताए।

नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मी काठमाडौँ निर्वाचन क्षेत्र नं १ ले यहाँ आयोजना गरेको नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तकको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले गुल्मी जिल्लालाई दुईवटा राजमार्गले जोड्न लागिएको जानकारी दिए।

“मदन भण्डारी राजमार्ग र कालीगण्डकी कोरिडोरले गुल्मीलाई जोडिन्छ, रेसुङ्गा विमानस्थलमा यसै वर्षदेखि स्थायी रुपमा उडानको व्यवस्था हुन्छ,” उनले भने।

जिल्लाका रुरु, रेसुङ्गा र सत्यवतीलाई पर्यटकीयस्थलका रुपमा सरकारले घोषणा गरेकाले धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री ज्ञवालीको भनाइ थियो।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय कमलराज श्रेष्ठ र दिनेशकुमार पन्थीले रुरु रिडी क्षेत्रको गुरुयोजना निर्माण गर्न प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको जानकारी दिए। रासस

प्रकाशित : 11 December, 2018

प्रतिक्रिया दिनुहोस्