=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


शहीदको सपना पूरा गराउन लागिपरेका छौँ : अध्यक्ष दाहाल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२७, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताएका छन् ।

थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्दै उनले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताए।

नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको उनले उल्लेख गरे ।
नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा समेत पुग्न नसकेको उनको भनाइ थियो । आफूले विगतमा पनि उत्पीडित जाति र समुदायको पक्षमा लडेको र संविधानमा उनीहरुको अधिकार स्थाापित गर्न लागिपरेको भन्दै केही बाँकी रहेका विषयलाई संविधान संशोधनमार्फत पूरा गर्न सकिने अवस्था रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

जनयुद्धको समयमा सबैभन्दा बढी त्याग र बलिदान थारू समुदायले गरेको स्मरण गर्दै उनले सो समुदायको अधिकारको पक्षमा अहिले पनि आफू र आफ्नो पार्टी रहेको बताए ।
थारू समुदायका अगुवा एवं शहीद जोखन चौधरीले सम्पादन गरेको उक्त पत्रिका विगतमा बन्द भए पनि हाल पुनः प्रकाशन शुरु गरिएको उपलक्ष्यमा आज विमोचन गरिएको हो । रासस

प्रकाशित : 13 December, 2018

प्रतिक्रिया दिनुहोस्