दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔँ, सल्लाह गरौँ : मन्त्री भट्टराई
सहयात्रा टिभी
काठमाडौं । श्रावण–१३, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताएका छन् ।
नेता भट्टराईले ट्वीटमा लेखेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौँ ।’ सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बन्दै गएको छ ।