वाग्मती प्रदेश सरकारले धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रुपैयाँ सहयोग दिने

सहयात्रा टिभी

काठमाडौं । आश्विन– ०१, वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु. तीन करोड दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष ०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो । कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित : 17 September, 2020

प्रतिक्रिया दिनुहोस्