सीडीओसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

गोरखा। कार्तिक–१७,गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयले स्वाब परीक्षणको क्रममा ४४ वर्षीय प्रजिअ भट्टराई दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।सोमबार प्रजिअसहित गोरखा जिल्लाको ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले गोरखा नगरपालिकाका १० जनामा, अजीरकोट गाउँपालिकाका सातजना, पालुङ्टार नगरपालिकाका सातजनामा, शहीद लखन गाउँपालिकाका चारजनामा र आरुघाट गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको जनाएको छ ।

प्रकाशित : 2 November, 2020

प्रतिक्रिया दिनुहोस्