परराष्ट्र नीति पहिलोपटक सार्वजनिक : नयाँ परराष्ट्र नीति यस्तो छ
सहयात्रा टिभी
काठमाडौं । मंसिर–२२, सरकारले एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ पहिलोपटक नयाँ परराष्ट्र नीति सार्वजनिक भएको हो । परराष्ट्र नीतिमा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

नयाँ परराष्ट्र नीतिले छिमेकी लगायत सबै देशसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्नु, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्द्धन, विश्वशान्ति स्थापनाको मूल उद्देश्य लिइएको छ ।
यस्तै निःशस्त्रीकरण, मानव अधिकारको संरक्षण र प्रवर्द्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका असर न्यूनीकरण, महामारी, आतङ्कवाद तथा ‘साइबर’ अपराध नियन्त्रण, सुरक्षित आप्रवासन र भूपरिवेष्टित राष्ट्र�
