२ सय ८७ सदस्यको हस्ताक्षरसहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा दर्ता
सहयात्रा टिभी
काठमाडौं । पुस ८, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र निर्वाचन आयोगमा आज दर्ता गरेको छ ।
सुरेन्द्र पाण्डे, लीलामणि पोख्रेलसहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएका थिए । आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको जनाईएको छ । प्रचण्ड–नेपाल समूहलाई समर्थन गर्ने केन्द्रीय सदस्यको सङ्ख्या तीन सय पाँच जना पुग्नेछ । जुन निर्वाचन आयोगमा दर्ता भएको चार सय ४१ सदस्यको बहुमत सङ्ख्या हो ।
त्यस्तै, नेकपाकै ओली समूहले सोमबारको मिति राखेर मङ्गलबार ११ सय ९९ सदस्यीय कमिटीको विवरण आयोगमा दर्ता गराइसकेको छ ।