चिनियाँ राजदूत यान्छीले गरिन् प्रचण्डसँग भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । पुस ९, प्रतिनिधिसभा विघटन तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको स्थिति देखापरेको समयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।

प्रचण्डलाई भेट्न बिहीवार बिहान राजदूत यान्छी खुमलटारस्थित निवास पुगेकी थिइन् ।

यसअघि नेकपाभित्र विवाद बढ्दा चिनियाँ राजदूतले मिलाउन प्रयास गरेको चर्चा हुने गरेको थियो । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको स्रोतले बतायो ।

प्रतिनिधिसभा विघटनसँगै नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड समूहले छुट्टाछुट्टै बैठक गर्दै आएका छन् । प्रचण्ड–नेपाल पक्षले बुधवार प्रचण्डलाई नेकपा संसदीय दलको नेता बनाएको थियो ।

संसदीय दलको नेता बनेलगत्तै प्रचण्डले संसद पुनःस्थापना र नयाँ सरकार गठनमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताएका थिए ।

प्रकाशित : 24 December, 2020

प्रतिक्रिया दिनुहोस्