माइतीघरमा विवेकशीलको ऐना प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । पुस २४, संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज माइतीघर मण्डलामा ऐना बोकेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले ‘असंवैधानिक संसद विघटन खारेज गर’ भनी लेखिएको मूल ब्यानरमा ऐनासहित प्रदर्शन गरेको हो ।

ऐना बोकेर प्रदर्शनमा उत्रिएका विवेकशीलका कार्यकर्ताहरुले लोकतन्त्रको सर्वोच्चता जोगाउँदै लुटतन्त्रको अन्त्य हुनुपर्ने, नागरिकको साथ छ, सर्वोच्चको आश छ,प्रतिगमन र अधिनायकवादको अन्त्य हुनुपर्ने,‘रिफ्लेक्ट गरौं नागरिकले, समाजले, दलले, सरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेर प्रदर्शन गरेका छन् ।

सधैं विवाद र झैझगडा गरेर देशलाई अस्थिरतामा राखिरहेका राजनितिक नेतृत्वहरुले एक पटक आ–आफ्नो अनुहार र व्यवहार ऐनामा हेरुन् भन्ने मनसायका साथ आफूहरुले ऐना देखाएर प्रदर्शन गरेको सो पार्टीले बताएको छ ।

प्रकाशित : 8 January, 2021

प्रतिक्रिया दिनुहोस्