सर्वोच्चमा संसद विघटनविरुद्ध रिटमा बहसको समय तोकियो

सहयात्रा टिभी

काठमाडौं । माघ ०७, प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् ।

यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै बहसलाई छरितो बनाउन न्यायाधीशहरुले सुझाव दिएका थिए । तर प्रधानन्यायाधीश राणाले समय निर्धारण गरे लगत्तै बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले एक घण्टाको समय माग गरेका थिए ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई अझै जारी छ ।

प्रकाशित : 20 January, 2021

प्रतिक्रिया दिनुहोस्