ओलीमा दम्भ चढेकाले देश अप्ठ्यारोमा पर्यो : प्रचण्ड
सहयात्रा टिभी
काठमाडौं । माघ १५, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजा बन्ने रहर जागेको आरोप लगाएका छन् ।
आज एक कार्यक्रममा बोल्दै प्रचण्डले नेपालमा दुई सय ४० वर्ष पुरानो राजतन्त्र हटेको अवस्था भएपनि प्रधानमन्त्री ओलीलाई फेरि श्रीपेच लगाउने रहर जागेकोले संविधान मिचेर आफूखुसी अघी बढेको आरोप लगाएका हुन् । ओलीमा शक्तिको दम्भ चढेको र अबको केही महिनामा त्यो अन्त्य हुने प्रचण्डको दाबी छ ।
यसअघिको सहमतिमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएपनि आफूले सो पद त्याग्दा त्यसैलाई कमजोरी ठानेको प्रचण्ड भनाई रहेको छ ।