भोलि प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने घोषणा

सहयात्रा टिभी

काठमाडौं । माघ २१, नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको बताईएको छ । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालबाट जानकारी आएको छ ।

 

प्रकाशित : 3 February, 2021

प्रतिक्रिया दिनुहोस्