गोंगबुमा प्रदर्शनकारीले ट्याक्सी जलाए, ६० जना प्रहरी नियन्त्रणमा

सहयात्रा टिभी

काठमाडौँ । माघ २२, आमहड्ताल आव्हान गरेको नेकपाको प्रचण्ड-माधव समूहले राजधानीको गोंगबुमा पार्किङ गरेर राखिएको ट्याक्सी जलाएको छ ।

महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार बन्द गराउँदै हिँडेका प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदेश नम्बर ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।

यस्तै बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका प्रचण्ड-माधव समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको हो ।

यसैगरी, प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको एसएसपी सिंहले जानकारी दिए।

प्रकाशित : 4 February, 2021

प्रतिक्रिया दिनुहोस्