जनताभन्दा ठूलो न्यायाधीश अर्को हुन सक्दैन : पोखरेल
सहयात्रा टिभी
काठमाडोैं । माघ २३, नेकपा (ओली) समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश अर्को हुन नसक्ने बताएका छन् । उनले भने, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ ।’
पोखरेलले राजधानीको दरबार मार्गमा भइरहेको बृहत् जनसभामा बोल्दै पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्री तथा महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई षड्यन्त्र गरेर बीचमै अपदस्थ गर्न खोजेपछि निर्वाचनमा जानु परेको बताए । उनले प्रधानमन्त्री ओलीको संकल्पअनुसार राजनीतिक स्थायित्वलाई निरन्तरता दिने पनि बताएका छन्।