शान्तिपूर्ण राजनीतिमै रहन्छु: प्रचण्ड
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०४, चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् ।
संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ । चुनाव भए सहभागी हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए । अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै अध्यक्ष प्रचण्डले प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिने बताए । नेपाली कांग्रेस र जसपासँग मिलेर केही समयपछि नै संयुक्त आन्दोलन हुने उनको भनाइ छ ।