एमालेसँग गठबन्धन गरे माओवादी नेतालाई कालोमोसो दल्ने पुनको चेतावनी
काठमाडौं । फाल्गुन २५, प्रचण्ड नेतृत्वको माओवादी नेताहरुले ओली पक्षको नेकपा एमालेसँग गठबन्धन गरे कालोमोसो दल्ने युवानेता दिपेश पुनलेचेतावनी दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै एमालेसँगै एकता भन्दा अर्को कुनै पनि गठबन्धन हुन सक्दैन भनी बताए ।
आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलकै नामको भएको भन्दै सदर गर्दै फैसला सुनाए पछि एकता प्रकृया भंग भएको थियो । एकता नहुने र भंग भएको भन्दै पुरानै पार्टीमा फर्कन र एकता गर्ने भए निर्वाचन आयोगको प्रकृया पुरा गरेर आउनु पर्ने सर्वोच्चले फैसला गरेको थियो ।
एकता समेत टुंगामा नपुग्दै सर्वोच्च अदालतले भंग गरिदिए पछि अव माओवादी र एमालेको गठबन्धनको सिमा समाप्त भएको उनको तर्क छ । यदि नेताहरुले केपी ओलीसँग झुकेर गठबन्धन गरे विद्यार्थी र युवाहरुलाई सैया नहुने भन्दै यसो नगर्न सुझाव दिएका छन् ।