गृहमन्त्री थापा पार्टीबाट निष्कासित

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका रामबहादुर थापा बादल दलबाट निष्कासित भएका छन् । राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई पत्र लेखेर थापालाई दलबाट हटाएको तथा उहाँ राष्ट्रिय सभाको सदस्यबाट निलम्बित भएका बताईएको छ ।

थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन्।

‘हामीले दल त्याग गरेको पत्र बुझाइ सक्यौं,’ शर्माले भने, ‘संसद सचिवालयका कर्मचारी साथीहरुले दर्ता गर्दै हुनुहुन्छ।’

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्