रामबहादुर थापा ‘बादल’द्धारा आजै गृहमन्त्रीको शपथ लिँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०५, राष्ट्रियसभा सदस्यको पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए ।

माओवादीको सूचनाअनुसार प्रतिनिधिसभाबाट माओवादीका ४ निर्वाचित सांसद समेतको पद गइसकेको छ भने अर्को दलमा गएपछि दलत्याग सम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार माओवादीले कारबाही गरेको हो।

प्रकाशित : 18 April, 2021

प्रतिक्रिया दिनुहोस्