चारैजना नेतालाई ओलीको निलम्बन फुकुवा पत्र

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार नेकपा एमालेले चार नेतामाथि पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही फिर्ता लिंदै निलम्बन फुकुवा गरेको पत्र पठाएका छन् ।

भेलाका लागि अगुवाइ गरेको भन्दै चैत ७ मा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो । नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।

पत्र: 

 

 

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्