बूढानीलकण्ठमा काँग्रेसको बैठक सुरु भयो
काठमाडौं । जेठ ७, राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पौने १० देखि सुरु भएको छ ।
त्यस्तै बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी सहभागी रहेका छन् ।
काँग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।
विहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् । एजेन्सीको साथमा