पूर्व सञ्चार राज्यमन्त्री विष्टको कोरोना संक्रमणबाट निधन

सुर्खेत । असार ६, नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको आइतबार विहान ५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।
विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए ।
उनी २२ वर्षसम्म नेपाली काँग्रेस सुर्खेतको पार्टी सभापति बनेका थिए भने पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुन् । उनी सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित थिए ।