बागमती प्रदेशसभाको बैठक आज बस्दै
सहयात्रा टिभी
काठमाडौं । असार २१, आज बागमती प्रदेशसभाको बैठक दिउँसो एक बजे बस्दै छ। हिजो दिउँसो ३ बजे बस्ने भनिएको बैठक विशेष कारणले आजको लागि सारिएको थियो ।
त्यस्तै विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
त्यसैगरी बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए । एजेन्सी