सत्तारुढ गठबन्धनको साझा कार्यक्रम आज सार्वजनिक गरिँदै
सहयात्रा टिभी
काठमाडौँ । साउन २४, सत्तारुढ गठबन्धनले संयुक्त सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ आज सार्वजनिक गर्दैछ ।
गठबन्धनको कार्यदलले तयार गरेर शीर्ष नेतृत्वलाई बुझाइसकेको न्यूनतम साझा कार्यक्रम आज औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको हो ।
सिंहदरबारमा ४ बजेपछि गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा साझा कार्यक्रम सार्वजनिक गरिने छ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेस नेताहरु डा. मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदलले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो ।
साझा कार्यक्रममा कोभिड-१९ रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको छ भने सहमतिका आधारमा संविधान संशोधन, संघीयता सुदृढीकरणलगायतका विषय समेटिएको छ ।