भोलि मङ्गलबार नेकपा एमाले स्थायी कमिटी बैठक
सहयात्रा टिभी
काठमाडौं । भदौ ७, नेकपा (एमाले) को स्थायी कमिटी बैठक भोलि(मङ्गलबार) बस्ने भएको छ ।
विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा. भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो । उहाँहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमति बमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ ।