संसद बैठक बस्दै, आज पनि अवरोध गर्ने एमालेको रणनीति

सहयात्रा टिभी

काठमाडौँ । भदौ २७, प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक आज पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज अपराह्न १ बजे बस्न लागेको हो ।

आज प्रतिनिधिसभा र राष्ट्रयसभा दुबै सदनका बैठक बस्दैछन् । सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको विरोध र नाराबाजीका बाबजुत गत शुक्रबार मात्र प्रतिस्थापन बजेट ल्याएको थियो, भने त्यसको अघिल्लो दिन राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको थियो ।

एमालेले पार्टीका तत्कालीन १४ सांसद्को कारबाही सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै विरोध जनाउँदै आएको छ ।

हिजो बसेको एमाले स्थायी कमिटी बैठकले पनि सदनमा विरोध कायमै राख्ने तर संसदीय मर्यादाको ख्याल गर्न पनि सांसदहरूलाई निर्देशन दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । यस्तै, रेल्वे अध्यादेश, २०७८ लगायतका दर्जन अध्यादेश पेस गर्ने कार्यसूची छ ।

प्रकाशित : 12 September, 2021

प्रतिक्रिया दिनुहोस्