१५ असोजबाट नेकपा एमालेको विधान अधिवेशन
सहयात्रा टिभी
काठमाडौं । भदौ २७, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।
शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।
यसका लागि पार्टीले स्थायी कमिटीको बैठक असोज ३ र ४ गतेका लागि डाकेको छ भने सो बैठकले विधान महाधिवेशमा प्रस्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरु स्थायी समितिको बैठकमा प्रस्तुत हुने र त्यसमाथि व्यपक छलफल गरेर मात्रै अघि बढ्ने पार्टीका सचिव योगेश भट्टराईले बताए ।