इन्टरनेटको मुल्य बढाउने कि घटाउने घिसिङको हातमा
सहयात्रा टिभी
काठमाडौं। असोज १२, अब इन्टरनेटको मूल्य निर्धारण गर्ने कुरा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हातमा पुगेको छ ।
प्राधिकरणले आफ्ना विद्युत पोल प्रयोगमा लिँदै आएको शुल्क बढाए पछि इन्टरनेट सेवाप्रदायक समेत इन्टरनेटको मूल्य बढाउन अग्रसर भएका छन् ।
त्यसैगरी मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा इन्टरनेट सेवाप्रदायक संघ नेपालमा अध्यक्ष सुधीर पराजुलीले इन्टरनेटको मूल्य बढाउने वा नबढाउने भन्ने जिम्मा आफ्नो हातमा नभई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हातमा रहेको बताए ।