असोज २० गते विश्वासको मत लिने: लालबाबु राउत
सहयात्रा टिभी
जनकपुर । असोज १३, प्रदेश नं २ का लालबाबु राउतले असोज २० मा विश्वासको मत लिने भएका छन । जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ ।
प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए । स्रोतका अनुसार बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन असज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने स्रोतले बतायो ।