एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला आज काठमाडौँ हुँदै

सहयात्रा टिभी

काठमाडौँ । असोज १८, नेकपा एमालेले आज जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा गर्दै छ ।

राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए ।

भेलामा देशभर एमालेले जितेका ६२७ पालिकाका प्रमुख, उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहभागी हुनेछन् ।

पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने दाहालले बताए ।

प्रकाशित : 4 October, 2021

प्रतिक्रिया दिनुहोस्